SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

सुडानको राजधानीमा प्रचण्ड गर्मी र विद्युत कटौतीका कारण जनजीवन कष्टकर

एजेन्सी । लामो समयदेखि युद्धको चपेटामा परेर तङ्ग्रिने प्रयास गरिरहेको सुडानको राजधानी खार्तुममा यति बेला प्रचण्ड गर्मी र अनियन्त्रित विद्युत् कटौतीले जनजीवन थप भयावह बनाएको छ । विद्युत् अभावका कारण खाद्य भण्डारण, स्वास्थ्य सेवा र व्यावसायिक गतिविधिहरूमा गम्भीर अवरोध सिर्जना भएको छ ।