वैदेशिक रोजगारीमा रहेकालाई श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा आज शेयर बाँडफाँड भएको हो। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ६४ हजार ८ सय १२ जनाको आवेदन परेको थियो ।
