संसद भवन भित्रै छिरे Gen Z प्रदर्शनकारी, प्रहरीले हान्यो अश्रु ग्यास
सरकार विरुद्द प्रदर्शनमा उत्रिएका जेन जेड पुस्ताहरु नयाँ बानेश्वर स्थित संसद भवनमा प्रवेश गरेका छन् । प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दै उनीहरु निषेधित क्षेत्र हुँदै नयाँ बानेश्वर स्थित संसद भवनमा प्रवेश गरेका हुन्। प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गरेपछि प्रहरी अश्रु ग्यास प्रहार गर्नुको साथी पानीको फोहोरा हानिरहेको छ ।
