पीपीपी मोडलमा बझाङ-बनलेक-दोदोधारा प्रसारणलाइन बनाउन प्रस्ताव आह्वान
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बझाङ-बनलेक-दोदोधारा ४०० केभी विद्युत प्रसारण लाइन सार्वजनिक-निजी साझेदारीमा बनाउनको लागि प्रस्ताव आह्वान गरेको छ। कम्पनीले आयोजना निर्माणको लागि स्वपूंजीको कम्तिमा ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत निजी प्रवर्द्धक / पब्लिक कम्पनीहरुको लगानी रहने गरी साझेदारीको लागि प्रस्ताव आह्वान गरेको हो ।
