बीमा प्राधिकरण अध्यक्षबाट ओझालाइ बर्खास्त नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्तीमा परेका शरद ओझालाई बर्खास्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। आज न्यायधीश शारङ्गा सुवेदीको एकल इजलाशले उनलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै अदालतले अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।