घुस लिँदै गर्दा भूमि प्रशासन कार्यालयका तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ
ललितपुर । जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्। उनीहरूले आपसमा मिलेमतो गरी जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस माग गरेको सूचना तथा उजुरी आयोगमा परेको थियो।
