SHARE
कालिका खबर · शनिबार १६ साउन २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

संवैधानिक प्रावधानलाई एमालेले मजाक बनायो, नगरपालिकालाई लुट्ने उद्देश्यले मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गरायो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) ले लोकतन्त्रलाई मजाक बनाउने काम गरेको भन्दै आलोचना गरेका छन् । अत्यधिक मतले निर्वाचित मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गराएको भन्दै अध्यक्ष साहले एमालेले सामान्य लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको र लोकतन्त्रलाई नै मजाक बनाउने काम गरेको भनेर आलोचना गरेका हुन् । एमालेले देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पदमुक्त गराएपछि साहले एमालेले लोकतन्त्रको अपमान गरेको भन्दै आलोचना गरेका हुन् ।