SHARE
Kalo Pati · शुक्रबार​ १५ साउन २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

शेयर बजार ४ दिनपछि बढ्यो

काठमाण्डौ । लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १२.९६ अङ्कले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १८० वटा कम्पनीको शेयर बढेकोमा ८२ वटाको घटेको छ ।