‘रास्वपा जति छिटो उदाएको छ, पतनको सम्भावना पनि उत्तिकै छ’ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको बताए।
