सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका-१ थर्पु बजारस्थित सडकमा ग.२१ प ३०३६ नम्बरको स्कुटर र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा ग.२१ प ३०३६ नम्बरको स्कुटर चालक सोही गाउँपालिका-७ बस्ने ३२ वर्षीय बिजय थापा क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
