SHARE
कालिका खबर · बुधबार १८ भौ २०८२ १०:५० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

बेइजिङ (चीन) १८ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँ चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ जानुभएकामा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गर्नुभयो । साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको थियो ।