परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गर्दै कुमारी बैंक
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाता (FSB) अन्तर्गतको बीमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकको गौमुल शाखामार्फत श्रीमती बना देवी बोहरालाई उक्त रकम प्रदान गरिएको हो। उनका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि बैंकले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको जनाएको छ। यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
