SHARE
Kalo Pati · शुक्रबार​ १५ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

चार महिनामा विपद्का ३ हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।