२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २७९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६९, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।
