SHARE
कालिका खबर · बिहीबार १४ साउन २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपाल र जापानबीच सात दशकदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई अब व्यापार, लगानी, प्रविधि, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा थप सुदृढ बनाउनुपर्ने बताएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ (१९५६–२०२६) को अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीद्वारा संयुक्त रूपमा आयोजित नेपाल्र जापान व्यापार गोष्ठी तथा छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सो धारणा राखेका हुन ।