SHARE
Kalo Pati · बिहीबार १४ साउन २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत 

काठमाडौं । चिकित्सकको हड्तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा आजबाट सुचारु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामी निराश भएर फर्किनुपरेको थियो ।