SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं : अष्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। सुदूरपश्चिम रोयल्सले बुधबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै अष्ट्रेलियन खेलाडीले एनपीएल खेल्ने जानकारी दिएको हाे। सदूरपशिचम रोयल्सले आधिकारीक फेसबुक पेजमा एक पजल सहितको फोटो पोष्ट गरेको थियो। शुक्रबार उनको नाम सार्वजनिक गर्ने भनेर पोष्ट सार्वजनिक गरिएको छ। तर उनी क्रिस लिननै रहेको सुदूरपश्चिमका एक आधिकारीक व्याक्तिले अन्नपूर्ण पोष्टलाई जानकारी दिएका छन्।