एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन टोरन्टोमा हुने
काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने भएको छ । ‘समृद्धि : Connecting for Prosperity’ नाराका साथ हुन लागेको सम्मेलनमा सहभागी हुन क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलले विश्वभरका गैरआवासीय नेपाली अभियन्तालाई निमन्त्रणा गरेका छन् ।
