छोनामको अवसरमा गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा
गोरखा : चेपाङ समुदायको सबैभन्दा ठुलो पर्व न्वागी (छोनाम) को अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। पालिकाले सूचना जारी गर्दै आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा दिएको जनाएको हो। गोरखाको गण्डकी गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ अल्पसंख्यक तथा अति सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ। यस्तै सहिद लखन गाउँपालिकाको वडा नं. ४, ५ मा पनि चेपाङ समुदायको बसोबास रहेको छ।
