SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

न्याय सेवा आयोगद्वारा सहसचिव र उपसचिवतर्फ ३० जनाको सरुवा

काठमाडौं : न्याय सेवा आयोगले सहसचिव र उपसचिवतर्फका ३० जनाको सरुवा गरेको छ। आयोगले १७ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको हो। आयोगका प्रवक्ता रामप्यारी सुनुवारका अनुसार न्याय समूह, सरकारी वकिल समूहतर्फका सहसचिव र उपसचिवको सरुवा गरिएको हो।