SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

मन्डेकाजी काठमाडौं गोर्खाजको गुडविल एम्बेस्डर

काठमाडौं : फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठसहित विभिन्न खेलका पाँच खेलाडीलाई ‘गुडविल एम्बेस्डर’ नियुक्त गरेको छ।गोर्खाजले मन्डेकाजीसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडविल एम्बेस्डर बनाएको हो।मन्डेकाजीले १३औं सागमा एकल काता र टिम इभेन्टमा स्वर्ण पदक जितेका थिए।