पञ्जाबमा बाढीका कारण ३० जनाको मृत्यु, तीन लाख एकड बाली नष्ट
काठमाडौं : भारी वर्षाले पञ्जाबको अवस्था बिग्रिएको छ। राज्यले १९८८ पछिको सबैभन्दा खराब बाढीको सामना गरिरहेको छ।राज्यका सबै २३ जिल्ला बाढीबाट प्रभावित छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बाढीका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।करिब साढे तीन लाख प्रभावित मानिसका लागि राहत र उद्धार कार्य युद्धस्तरमा भइरहेको छ।विभिन्न ठाउँबाट सहयोग आइरहेका छन्।भारी वर्षा पछि रूपनगर र पटियाला जिल्लामा अलर्ट जारी गरिएको छ। यस्तै मानिसलाई सतर्क रहन भनिएको छ।
