SHARE
कालिका खबर · बिहीबार १४ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ? : सांसद यादव

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन् । सांसद यादवले सुनसरी घटनालाई केवल एउटा घटनाका रूपमा मात्र नभई राज्यको सुरक्षा व्यवस्था र प्रशासनिक तयारीको गम्भीर असफलताको रूपमा चित्रण गरिन् ।