बेइजिङबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएर उनी बुधबार स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीनको तियाञ्जिन गएका थिए।
