SHARE
अन्नपूर्ण · बिहीबार १९ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।  तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ।