जीएसआईमा चिनियाँ दाबीबारे परराष्ट्रसचिवले भने- नेपालले चीनको कुनै पनि सुरक्षा रणनीतिमा समर्थन जनाएको छैन
काठमाडौं : परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्।प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो।
