बीआरआई कार्यान्वयन गर्न प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको तदारुकता
काठमाडौं : बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङले तदारुकता देखाएका छन्। तियानजिनमा उनीहरूबीच भएको भेटवार्ताका क्रममा बीआरआई परियोजना कार्यान्वयनको विषयले चर्चा पाएको हो।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीले बीआरआई परियोजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए। दुवैले उक्त परियोजनालाई अगाडि बढाउने विषयमा जो दिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
