SHARE
कालिका खबर · बिहीबार १४ साउन २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

आज ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ : देशका ३२ भन्दा बढी जिल्लाका स-साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार कोशीका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा जिल्ला आसपासका नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ । बागमतीको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ आसपासका जिल्लामा मध्यम बाढीको जोखिम छ ।