SHARE
Kalo Pati · बिहीबार १४ साउन २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

मधेसको विकासका लागि शान्ति र सद्भाव कायम राख्न सांसद अमरेश कुमार सिंहको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई १० वर्ष पछाडि धकेलेको बताए ।