दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, ६ बुँदे सहमतिसँगै आन्दोलन स्थगित
काठमाण्डु – केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले दुग्ध उत्पादक कृषकहरूको बक्यौता भुक्तानी सम्बन्धी मागहरू सम्बोधन गर्न सहमति गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगन गरिएको घोषणा गरेको छ । आन्दोलन स्थगनसँगै संघले दुग्ध उत्पादक सहकारी संस्थाहरू, जिल्ला संघहरू, किसान तथा सरोकारवाला निकायहरूलाई औपचारिक रूपमा जानकारी गराएको हो ।
