SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका तर्फबाट कायममुकायम सहप्रशासक भरतराज बस्तीले हस्ताक्षर गरेका हुन् ।