अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने २ जना पक्राउ
काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्की दिने २ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–८ स्थित बस्ने व्यक्तिलाई उनीहरूले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भनी जानकारी दिएका हुन् ।
