SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

सरकार–चिकित्सक सहमतिले अस्पताल सेवा सामान्य, आजदेखि सबै उपचार सुरु

काठमाडौं । चिकित्सक संघले आफ्नो आन्दोलन फिर्ता लिएपछि आज देखि देशभरका अस्पतालमा सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो । त्यससँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।