SHARE
काठमाण्डुपाटी · बुधबार १८ भौ २०८२ ०४:२२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । भदौ १४ गते चीन प्रस्थान गरेका ओली बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी