सेनाको हेलिकप्टर ३ वर्षदेखि ‘ओभरहलिङ’मै थन्कियो, स्वदेश फर्काउन यस्तो खतरा
काठमाण्डु – नेपाली सेनाले ओभरहलिङ (मर्मत\चेकजाँच) का लागि भारत पठाएका हेलिकोप्टर ३ वर्षदेखि भारतमै थन्किएका छन् । सेनाको एउटा हेलिकोप्टरलाई ३ वर्षसम्म हुन लागेको छ भने त्यो हेलिकोप्टर ओभरहलिङ भएर फिर्ता नआउँदै अर्काे हेलिकोप्टर पनि भारत पठाएर उतै थन्किएको छ ।
