मन्त्रिपरिषद् बैठक : ९ वटा विधेयक संसदमा पेस गर्न स्वीकृति
काठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
