SHARE
लोक पथ · बुधबार १३ साउन २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

नेता कार्यकर्तालाई कांग्रेसले भन्यो– ‘सामाजिक सद्भावमा असर पर्ने कुनै काम नगर्नू’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सद्भाव खल्बलिने कुनै पनि काम नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । केही दिनदेखि सुनसरीमा भइरहेको गतिविधिबारे सचेत रहन र सामाजिक सदभाव खल्बलिने कार्यमा संलग्न नहुन भनेको छ ।