SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसका सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्  । श्रेष्ठका छोराले उनलाई दागबत्ती दिएका छन् । नेता श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी