कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुमा बुधबार ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना५ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डस्थित महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
