तरलता व्यवस्थापन गर्न ३० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न दुई महिनाका लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बुधबार ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न लागिएको हो ।
