SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुने बताइएको छ । कप्तानगन्ज घटनालाई लिएर केहि निर्णयसमेत हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी