SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाको छानबिन सुरु, सरकारी टोलीले स्थानीयसँग बयान लिन थाल्यो

काठमाण्डु– सुनसरीको देवानगञ्जमा गोली चलेको घटनाको छानबिन गर्न गठित समितिको टोली घटनास्थल पुगेको छ। घटनास्थलमा पुगेको टोलीले मृतकको घर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग छलफल गरिरहेको छ। हाल देवानगञ्जको अवस्था सामान्य बन्दै गएको छ। छानबिन समितिले घटनास्थलको सूक्ष्म निरीक्षण गर्दै स्थानीयवासीबाट आवश्यक जानकारी संकलन गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी