SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

श्रद्धाञ्जलीका लागि कांग्रेस नेता गोपालमानको पार्थिव शरीर सानेपामा (तस्बिरहरू)

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। उनको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो। उनको बुधबार शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी