SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच आधा घण्टा छलफल

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहि बेर अघि भेटवार्ता भएको हो । बिहान १०ः५० बजेदेखि ११ः२० बजेसम्म भएको भेटमा समसामयिक राजनीतिक विषय, संसद्को आगामी कार्यसूचीका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी