कोशीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२स्३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ । बैठकमा सुनसरी घटनाको अवस्थाबारे छलफल हुने जनाइएको छ ।
