SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

भाडा उठाउनेदेखि तिर्नेसम्मको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा

काठमाडौं । एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हुने बताइएको छ ।