SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा गोपालमानको निधनप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रप्रति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठलाई लोकतान्त्रिक आन्दोलनका योद्धाको रुपमा स्मरण गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन् । मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताए ।