सुनसरी घटनामा राजनीतिकरण नगर्न रास्वपाको आग्रह, सभापति रविको विशेष निर्देशन
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको संवेदनशील घटनाको निष्पक्ष, स्वतन्त्र र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।
