प्रधानमन्त्रीको विरोध होइन, संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेका हौं : वासना थापा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेकी छन् । मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताएकी हुन् । उनले सीमा विवादका विषयमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताइन् ।
