भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आंकलनले देखाएको छ । बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये रु. २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र रु. १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ ।
